प्रतिनिधि सभा विघटनमा आजको बहस सकियो, भोलि फेरी सुनुवाई हुने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ ५, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ५, काठमाडौ । प्रतिनिधि सभा विघटनका विरुद्ध परेका रिटमाथि सोमबार भएको बहस सकिएको छ । संवैधानिक इजलासमा आइतबारदेखि विषय केन्द्रित बहस प्रारम्भ भएको थियो । सोमबारको बहस हेर्दाहेर्दैमा सकिएको छ । अब मंगलबार पनि बहस हुनेछ । सोमबारको बहसमा अधिवक्ता दिनमणि पोखरेलले लामो बहस गरेका थिए । उनले प्रतिनिधि सभा विघटन भए संविधान नै बाँकी नरहने बताए ।

सोमबारको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ताहरू दिनमणि पोखरेल, सरोजकृष्ण घिमिरेले बहस गरेका थिए । आइतबारको बहसमा चार जनाले बहस गरेका थिए। प्रतिनिधि सभा विघटनका विरुद्धमा सर्वोच्चमा १३ रिट परेका थिए। त्यसमाथि संवैधानिक इजलासमा बहस भइरहेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस